प्रेमीसँग भागेर विवाह गर्दा आफ्नै आमा र दाइले गरे गर्भवती छोरीको शिर छेदन

एजेन्सी । भारतमा प्रेमीसँग भागेर विवाह गर्दा आफ्नै आमा र दाइले आफ्नै छोरीको हत्या गरेका छन् । भारतको औरंगाबाद जिल्लाको वैजापुर तहसीलको गोयगांवमा एक गर्भवती युवतीको उनकै आमा र दाइले शिर छेदन गरि हत्या गरेका हुन् ।

युवतीको नाम कीर्ति उर्फ किशोरी मोटे रहेको बताइएको छ ।हत्याका बेला युवती दुई महिनाकी गर्भवती रहेको बताइएको छ । आफ्नो आमा–बुवा र परिवारविरुद्ध गएर यी युवतीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेका कारण हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनापश्चात् आमा र दाइले प्रहरी समक्ष आफ्नो अपराध स्वीकार गर्दे थाना गएर आत्मसमर्पण गरेका छन्। प्रहरीले यी दुवैलाई पक्राउ गरेर एक बयान जारी गरेर सबै घटनाको जानकारी दिएको छ ।

किशोरी मोटे र अविनाश दुवै एउटै कलेजमा पढ्दथे । कलेजका बेला यी दुईबीच प्रेम सम्बन्ध बढ्दै गएको थियो । यद्यपि, किशोरीको परिवारले छोरीको सम्बन्धमाथि विरोध गरिरहेका थिए ।

यो सम्बन्धको विरोध गर्नुको मुख्य कारण परिवारको सामाजिक प्रतिष्ठा र दुई परिवारको आर्थिक स्थितिमा अन्तर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब एक हप्तापछि आइतबार ५ डिसेम्बरमा युवतीकी आमा शोभा र दाइ सञ्जय मोटे उनलाई भेट्न फार्महाउस स्थित उनको घर पुगे ।

किशोरीले दुवैलाई पानी खान दिएर चिया बनाउनका लागि भान्साकोठा तिर गएका बेला आमा र दाइले युवतीको धारिलो हतियार प्रहार गरेर किशोरीको टाउको शरीरबाट अलग गरिदिएका थिए ।

यसैबीच प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेर उनीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स