अब खल्तीबाट ५० रुपैयाँको रिचार्ज गर्दा आइफोन-१३ जित्ने मौका, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले फेरि आइफोन जित्ने अफर ल्याएको छ । मंसिर १९ बाट सुरु भएको यस अफर माघ १ गतेसम्म लागु हुनेछ ।

प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’बाट मात्र ५० रुपैयाँको रिचार्ज गर्नुपर्ने छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् ।

यसरी यसमा सहभागी एक जना विजेताले आइफोन-१३ पाउने छन् । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउने छन् । खल्ती एपको केवाईसी भेरिफाइड भएको अवस्थामा यस क्याम्पेनमा भाग लिन योग्य भइनेछ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, गत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो ।

यस अफरको विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिने खड्काले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स