नाडाको नेतृत्वका लागि चौधरी र थापाबीच चुनावी प्रतिस्पर्धा, कसलाई कसको साथ ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नयाँ नेतृत्व चयनका लागि माहोल तातेको छ ।
नाडाको आगामी कार्यसमितिको नेतृत्वका लागि नाडाका वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी र नाडाका पूर्व उपाध्यक्ष तथा हमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा चुनावी मैदानमा रहेका छन् ।

उनीहरुले आफ्नो पक्षमा प्यानल समेत घोषणा गरिसकेका छन् । दुवै पक्षले आफ्नो जित पक्का रहेको दावी गरिरहँदा नाडाको नेतृत्व कसले प्राप्त गर्ने भन्ने विषय चाखलाग्दो बनेको छ ।

हाल दुवै पक्षलाई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरुको साथ रहेको छ । यसले गर्दा पनि नाडा निर्वाचन रोचक हुने अनुमान गर्न सकिन्छ ।

चौधरीको टिममा वर्तमान कार्यसमितिका धेरै सदस्य रहेका छन् भने थापाको टिममा भने केही नयाँ अनुहार सहित चुनावी माहोलमा होमिएको छ ।

उद्योग वाणिज्य महासंघ तथा नेपालका लागि बजाज मोटरसाइकलको आधिकारीक वितरण हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा र महासंघका पूर्व अध्यक्ष तथा युनाइटेड ट्रेडर्स सिण्डिकेटका अध्यक्ष सुरज बैद्य भने तठस्थ देखिएका छन् ।

यहि मंसिर २२ र २३ गते हुने नाडाको ४५ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

कसको टिममा को ?

चौधरीका सहयात्री

अध्यक्षका प्रत्यासी चौधरीको समर्थनमा नाडाका वर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल र निवर्तमान अध्यक्ष शम्भुप्रसाद दहाल खुलिसकेका छन् ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका छोरा निशान ढकाल चौधरीको टिमबाट चुनाव लड्दैछन् ।  ढकाल अशोक लेल्याण्ड गाडी बिक्री गर्ने कम्पनी आइएमई मोटर्सका निर्देशक हुन् ।

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठ चौधरीको प्यानबाट चुनाव लड्दै छन् ।

चौधरीको प्यानलमा अधिकतम वर्तमान कार्यसमितिका सदस्य छन् ।

नाडाका वर्तमान कार्यसमितिका महासचिव सुनिल रिजाल र सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेति, सहकोषाध्यक्ष विक्रम सिंहानिया, सदस्यहरु अभिक ज्योति, प्रकाश कपुरीहरु, निमलमणी पाठक, मिलनबाबु मल्ल, पंकज अग्रवाल चौधरीको प्यानलमा रहेका छन् ।

यी बाहेक राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, वरदान बस्नेत, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

थापाका सहयात्री

अर्का, अध्यक्षका प्रत्यासी ध्रुव थापालाई नाडाका वर्तमान उपाध्यक्ष आकाश गोल्छा र उद्योग वाणिज्य महासंघ नेपालका उपाध्यक्ष अञ्जन श्रेष्ठको साथ रहेको छ । गोल्छा नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्ड नेपालका प्रबन्ध निर्देशक पनि हुन् ।

थापालाई नाडाका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थन छ ।
अञ्जन श्रेष्ठका भाई निराकर श्रेष्ठ थापाको प्यानलबाट सदस्यमा चुनाव उठ्दै छन् । श्रेष्ठको लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुन्डाई ब्राण्डका गाडीको आधिकारीक बिक्रेता हो । श्रेष्ठ नाडाको वर्तमान कार्यसमितिका सदस्य समेत हुन् ।

थापाको टिममा वर्तमान कार्यसमितिका दिपककुमार अग्रवाल, कपिल शिवाकोटी र शुभासिस थपलिया पनि रहेका छन् ।

यस्तै, अमर ज्योति रञ्जित, यमुना श्रेष्ठ, विएन पाठक, दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुसाल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन विरसिं कंसाकार र सञ्जयकुमार खेतान, दिपककुमार आचार्य रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स