सेयर धितो कर्जाको सीमा पूर्ण रुपमा हटाउनु पर्ने तीन बुँदे मागसहित अम्बिका प्रसादको नेतृत्वमा नयाँ कार्यदल

काठमाडौं । तीन बुँदे माग राखेर लगानीकर्ता अम्बिका प्रसाद पौडेलको नेतृत्वमा नयाँ कार्यदल बनेको छ । सेयर बजारप्रति लगानीकर्ताको विश्वास प्राप्त नभएसम्म पछि नहट्ने प्रतिवद्धतासहित लगानीकर्ताहरू एकवद्ध भई उक्त कार्यदल बनाएका हुन् । पुँजीबजारमा देखिएका समस्या समाधानको लागि एक्यवद्धता जनाउने उदेश्यसहित लगानीकर्ताहरू पौडेलको नेतृत्वमा एकवद्ध भएका हुन् ।

लगानीकर्ताहरुको सोमबार सम्पन्न भेलाले आफ्नो माग पुरा नभएसम्म एक्यवद्धता जनाउने उदेश्य लिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति समेत रहेका अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल गठन भएको हो ।

पौडेले नेतृत्वको समूहमा तुलसीराम ढकाल नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ नेपाल, राधा पोखरेल, हरि ढकालदेखि निर्मल प्रधानसम्म रहेका छन् ।
यस्ता छन् माग

१. सेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाइएको सीमा पूर्ण रुपमा हटाउनु पर्ने ।

२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरूको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने ।

३. पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै कार्यान्वयनमा लैजाने भनेको ५८ बुँद कार्यतालिका अन्तर्गतको बाँक काम तत्काल गर्नु पर्ने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स