काठमाडौं । सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर्राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ज्युले भने, ‘कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भने, ‘नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ । गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।’
नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपी वान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।