अब कुमारी बैंकका ग्राहकहरुले इएमआईमा फोनलोन मार्फत बिना धितो २ लाख रुपैयाँसम्म कर्जा पाउने

काठमाडौं । कुमारी बैंकले इएमआईमा फोनलोन भुक्तानीको सुविधा ल्याएको छ ।

बैंकले सोमबार पत्रकार सम्मेलन गर्दै ‘बाई नाउ, पे नाउ’ भन्ने नाराका साथ यो योजना सार्वजनिक गरेको हो । जुन नेपाली बैंकिङ क्षेत्रमै पहिलो योजना हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट कुनै धितो वा आवश्यक प्रक्रिया बिनानै फोनलोन सुविधा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा आयस्रोतका आधारमा एक महिना, तीन महिना, ६ महिना, ९ महिना र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सकिने बैंकको भनाइ छ ।

यसका अतिरिक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर कोड स्क्यान गरी सोको बाइ नाओ, पे लेटर अवधारणामा किस्ताबन्दीमा पनि रकम भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स