दरबारमार्गबाट साढे ६९ लाख नगद सहित बिइङ ह्‍युमनका म्यानेजर पक्राउ

काठमाडौं । दरबारमार्गबाट श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दरबारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको महानगरीय परिसरले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स