आईएमई लाइफको च्याटबोट अब एपमा पनि चल्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाएको छ । कम्पनीले च्याटबोट सचालन भएको एक वर्षको उपलक्ष्यमा यस्तो सुविधा थपेको जनाएको छ ।

आईएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने कम्पनीले जनाएको छ ।

लाईफ इन्स्योरेन्स कम्पनीहरु मध्ये च्याटबोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आईएमई लाईफ इन्स्योरेन्सले आजभन्दा एक वर्ष पहिले आजकै दिनबाट च्याटबोट सेवा उपलब्ध गराएको हो ।

एक वर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधासहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनीले जनाइएको छ ।

कम्पनीको अनुसार बितेको एक वर्षमा दैनिक औसतमा ४५० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हालसम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरुको च्याटबोट समाधान गरिएको छ ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरी कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरी नयाँ स्वरुपमा आएको च्याटबोटले आईएमई लाइफको भर्चुअल कार्यालयलाई सफल बनाउनेमा आफु विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स