लुम्बिनी विकास बैंकको थप पाँच शाखा विस्तार

काठमाडौं । लुम्बिनी विकास बैंकले आइतबार एकैपटक पाँच शाखाहरुको उद्घाटन गरेको छ । बैंकले काठमाडौंको बानेश्वार, रुपन्देहीको तिलोत्तमा नगरपालिका, नवलपारसीको बर्दघाट, दाङको घोराही र बाँकेको कोहलपुरमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यवसाय गरिरहेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स