जितको खुशीयाली मनाउँदै गर्दा फुटबल प्रशिक्षकको हृदयघातका कारण मृत्यु

काठमाडौं । अन्तिम मिनेटमा गरेको गोलको खुशीयाली मनाउने क्रममा फुटबल प्रशिक्षकको हृदयघातका कारण मृत्यु भएको छ । इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको जितको खुशीयाली मनाउने क्रममा हृदयघातबाट मृत्यु भएको हो ।

बिहीबार इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघात भएको थियो ।

हृदयघात भएर ढलेपछि उनलाई हस्पिटल लाने क्रममा मृत्यु भएको बताइएको छ । उनी इजिप्टका चर्चित प्रशिक्षक र खेलाडीसमेत रहिसकेका थिए । सल्हेदारले खेलाडी जीवनमा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत दिलाएका थिए ।

उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स