सानिमा लाइफ इन्स्योरेन्समा आईपीओ भर्नेको धुइरो, पहिलो दिन नै दिए सवा ७ लाखले आवेदन

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिन सर्वसाधारणको ओइरो लागेको छ । आज बुधबारबाट सर्वसाधारणका लागि खुला गरिएको साधारण सेयरमा एकै दिन ७ लाख २८ हजार ८४० जनाले आवेदन दिएका छन् । कुल एक करोड २० लाख १८ हजार २६० कित्ताका लागि आवेदन दिइएको छ । कम्पनीले २४ गतेसम्म सेयर बिक्री गर्ने छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको छ । संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ छ । यसको ३० प्रतिशत सेयर बिक्रीमा राखेको हो । यसपछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ ।

बिक्रीमा राखिएकोमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ । ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन् । कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्छ । बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स