कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुस् आफ्नो नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरेको छ । बोर्डको आज बिहान ९ बजे बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

३ लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा ७ हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ ।

बोर्डकाका अनुसार परीक्षाको नतिजा NEPAL TELECOM :: National Examination Board :: Plus 2 Results (ntc.net.np) हेर्न सकिने बताएको छ ।

परीक्षाको नतिजा हेर्नका लागि मोबाइलको म्यासेजबक्समा एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स