काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति बजेट संशोधनका कारण पर धकेलिएको पनि बताएका छन् । सरकार परिवर्तन भएपछि अध्यादेशमार्फत् आएको बजेटलाई संशोधन गर्ने भनिएको छ । सरकारले लिने नीति, कार्यक्रम, बजेटको आकार, प्राथमिकता, स्रोतआदिको मौद्रिक नीतिमा प्रत्यक्ष पर्ने भएकोले मौद्रिक नीति सार्वजनिक गर्न ढिला गरेको गभर्नर अधिकारीले बताए ।
‘राष्ट्र बैंकले बजेट संशोधन कसरी हुन्छ भनेर कुरेको हो,’ उनले भने ‘मौद्रिक नीति ल्याउन हामी तयारी अवस्थामा नै छौं ।’ महामारीको तेस्रो लहरको पनि चेतावनी आइसकेको छ, अबको हाम्रो नीति रिकभरी लक्षित हुन्छ ।’ रिकभरीलगायतका विषयमा मौद्रिक नीति केन्द्रीत हुनेछ ।’
गभर्नर अधिकारीले समितिमा आगामी आर्थिक वर्षदेखि लागू हुने गरी वित्तीय क्षेत्र राष्ट्रिय रणनीति तयार बनाएका पनि बताएका छन् । ‘राष्ट्र बैंक वित्तीय क्षेत्रको राष्ट्रिय रणनीति बनाउन लागेको छ । अहिलेको अवस्थालाई भल्काउँदै आगामी वर्षहरुमा प्राप्त गर्नुपर्ने उपलब्धीसमेत समेटेर रणनीति बनाउने नीति राष्ट्र बैंकले लिएको हो ।