गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर १५ गते (बुधबार) बसेको संचालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स