एसिया कै सर्वोत्कृष्ट बैंक बनेर एनएमबिले रच्यो इतिहास

काठमाडौं । एनएमबि बैंक एसिया कै सर्वोत्कृष्ट बैंक बनेको छ । एनएमबि बैंकले पहिलो पटक एसियाको उत्कृष्ट अवार्ड पाएको हो । ‘द फाईनान्सियल टाइम्स’ ले एनएमबिलाई सन् २०२१ बैंक अफ दि एयरको रुपमा पुरस्कृत गरेको हो ।

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक बनेको छ ।

एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो ।

सन् २००० मा स्थापित यो अवार्ड प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

अवार्ड प्राप्त गरेपछि एनएमबि बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो अवार्ड एनएमबिको मात्रै गर्वको विषय नभएर सम्पूर्ण देश, राष्ट्र बैंक र वित्तीय क्षेत्रको भएको बताए ।

एसियाका ४८ मुलुकमा सर्वाेत्कृष्ट बैंक बन्नु सबैको जित हो, बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैकको जित हो, सीईओ केसीले भने ।

‘हामीले एसिया कै सर्वोत्कृष्ट बैंक बनाएर अझ गहन जिम्मेवारी दिएको छ,’ उनले भने ‘यो सबै हाम्रो टिम वर्कको कारणले सम्भव भएको हो,’ उनले भने ‘हामी अन्तर्राष्ट्रिय अवार्ड जित्नमा सफल भयौं ।’

‘एनएमबिले जलविद्युत र साना तथा मझौला उद्यम व्यवसायलाई जहिले पनि प्राथमिकतामा राखेर काम गरेका कारण हामीलाई यो पदवी प्राप्त भएको हो,’ उनले भने । फाइनान्स कम्पनीहरू हुँदै ‘क’ वर्गमा प्रवेश गरेको १३ वर्ष मै हामी यो स्थानमा पुग्न सफल भएका छौं, बैंकले इतिहास रचेको छ ।’

दिगो बैंकिङको बाटो रोज्दै आगामी पुस्ताको लागि बैंकले काम गर्ने प्रतिवद्धता पनि सीईओ केसीले गरे ।
नेपाललाई आत्मा निर्भर बनाउनेदेखि तरलता व्यवस्थापनका लागि विदेशबाट कर्जा ल्याउने पहिलो र बढी रकम ल्याउने बैंक एनएमबि पहिलो बैंक भएको पनि उनले जानकारी गराए ।

दिगो विकास एनएमबिको पहिलो प्राथमिकता भएकै कारण विश्व बैंकिङ बजारमा स्थापित बैंकले नपाएको अवार्ड आफ्नो बैंकले पाएको केसीले बताए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानले पहिलो अवार्ड जित्दा लण्डनमा बसेर गरेको संकल्प पुरा भएको बताए । ‘अहिले एसियाको सर्वोत्कृष्ट बैंक बन्न सफल भयो, अबको ५ वर्षमा विश्वकै सर्वोउत्कृष्ट बैंक बनाउने गरी काम गर्नुपर्छ,’ उनले भने ‘म्यानेजमेन्ट र १५ लाख ग्राहकको विश्वासका कारण आज बैंकले यो इतिहास हो ।’
उक्त म्यागेजिनले १०३ वर्ष अघिदेखि विश्वका उत्कृष्ट बैंक अवार्ड प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स