वर्तमान कार्यसमितिका अधिकांसको साथ लिँदै करण चौधरीको प्यानल घोषणा, नेतृत्व चयनमा प्रतिस्पर्धा छैन

काठमाडौं । नाडा अटोमोबाइल्स एसोशिएशन अफ नेपालको आसन्न निर्वाचनका लागि अध्यक्षका प्रत्यासी करण चौधरीले आफ्नो प्यानल घोषणा गरेका छन् । नेपालाका लागि मारुती सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्प र सीजी होल्डिङ्सका कार्यकारी निर्देशक चौधरी हाल नाडाको उपाध्यक्ष हुन् ।

चौधरीले नाडाका वर्तमान कार्यसमितिका अधिकतम सदस्यसहित चौधरीले आफ्नो प्यानल घोषणा गरेका हुन् । चौधरीको प्यालनमा वर्तमान कार्यसमितिका महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको पनि समर्थन रहेको छ ।

साथै उनलाई नेपालका दुई ठूला व्यापारिक घरना सिप्रदी र आइएमई ग्रुपको पनि सहयोग गरेको छ । सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा निशान ढकाल पनि चौधरीको प्यानमा रहेका छन् ।

चौधरीको प्यानमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, प्रकास कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई रहेका छन् ।

चौधरीको प्यानलमा हालको कार्यसमितिको ८० प्रतिशत सदस्यको साथ रहेको दावी गरिएको छ ।

नाडाको ४५ औं वार्षिक साधारणसभा यही मंसिर २२ र २३ गते हुँदैछ । साधारणसभामार्फत् नयाँ १८ सदस्यि कार्यसमिति चयन हुँदैछ । साधारणसभाले १७ कार्यसमिति सदस्य चयन गर्नेछ ।

चुनावकै लागि आटोमोबाइल्स व्यवसायीहरुले प्यानल घोषणा गरेपनि नाडाका सदस्यबीच सौहार्दपूर्ण सम्बन्ध रहेको चौधरीको भनाइ छ ।

‘चुनावमा लडेपछि हार जित हुन्छ । जसले चुनाव जितेपनि एक अर्का व्यवसायीको सुझावलाई आत्मसात गरेर अघि बढ्ने हो,’ बुधबार चौधरीले प्यान घोषणाका क्रममा भने, ‘नाडाको नेतृत्व चयनमा कुनै प्रतिस्पर्धा छैन ।’

चौधरीले आफ्नो प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पूस्ता समेटिएकाले नाडालाई थप उचाइमा पुर्याउन योग्दान गर्ने बताए ।

सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने चार पांग्रे, दुई पांग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट, सबै क्षत्रलाई समेटर टिम बनाइएको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स