‘८% नबिल डिबेन्चर २०८५’ बिहीबारबाट नेप्सेमा कारोबार हुने

काठमाडौं । नबिल बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच ‘८% नबिल डिबेन्चर २०८५’ सूचीकरण गर्ने सम्झौता भएको छ ।

बैंक र नेप्सेबीच मंसिर १५ गते ‘८% नबिल डिबेन्चर २०८५’ को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरीशाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरे ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि साउन १० गते आव्हान गरी साउन ३१ गते मा बाँडफाँड गरेको थियो । सूचीकृत ‘८% नबिल डिबेन्चर २०८५’ को दोश्रो बजारको कारोबार मंसिर १६ (बिहीबार)देखि शुरु हुनेछ ।

७ वर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी २०८५ साउन ३० गतेमा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसंग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

बैंकले १३५ वटा शाखा, १८८ वटा एटीएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स