अर्थसचिव मरासिनीले राष्ट्र बैंक सञ्चालक सदस्यको पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतका न्यायधीश तेजवहादुर केसीले मरासिनीलाई आज बुधबार अदालतमा आयोजित एक कार्यक्रकाबीच शपथ गराएका हुन् ।

राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ मा बैंक गभर्नर तथा सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायधीश वा निजले ताकेको न्यायधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । मरासिनी अर्थ सचिव रहुन्जेलसम्म राष्ट्र बैंक सञ्चालक समितिको सदस्य बन्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स