काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा लगत्तै निरन्तर रुपमा घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ब्रेक लागेको छ । आज नेप्से ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेको छ ।
गत शुक्रबार मौद्रिक नीतिको समिक्षा सार्वजनिक भएदेखि नेप्से परिसुचक १०३.४१ अंकले घटि सकेको थियो । भने, आज भने नेप्से सुधार उन्मुख देखिएको छ ।
बुधबार २३३ कम्पनीका सेयर ३७ हजार ५८५ पटक कारोबार भएको छ । ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
होटल एण्ड टुरिजम, नन् लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स उपसमूह घटेका छन् । बाँकी समूह भने बढेका छन् ।
सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रो पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आईसीएफसी फाइनान्सको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।