काठमाडौं । एनसीसी बैंकले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरु ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ८ प्रतिशत बोनस सेयर तथा ०.४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । सेयरधनीले उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि पाउनेछन् ।