काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ७६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर २ हजार ४५ रूपैयाँ कायम भएको छ ।