साढे ४ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा सामान्य अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८२ लाख ३७ हजार कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३२ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोको २२ करोड ७२ लाख, नेपाल रि इन्स्योरेन्सको १८ करोड ३ लाख, एलआईसी नेपालको १६ करोड ७५ लाख, नारायणी डेभलपमेन्ट बैंकको १३ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स