काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ७५ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ५० रूपैयाँ कायम भएको छ ।