यी हुन् नेपालका १० ब्ल्यू चिप कम्पनी, ५ वर्षको लाभांश इतिहाससहित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई नाफाबाट लाभांश वितरण गर्ने गर्छन् । राम्रो लाभांश पाउने आशमा लगानीकर्ताहरु पब्लिक कम्पनीको सेयर खरिद गरेर लगानी गर्ने छन् ।

लगानीकर्ताहरुलाई आकर्षित गर्न पनि पब्लिक कम्पनीहरुले राम्रो लाभांश वितरण गर्ने गरेका छन् ।

विगत ५ वर्षका लाभांशको इतिहास हेर्दा सबैभन्दा धेरै लाभांश युनिलिभरले दिने गरेको देखिएको छ ।

युनिलिभरले आफ्ना सेयरधनीहरुलाई विगत ५ वर्षमा १०० प्रतिशतभन्दा बढी नै लाभांश वितरण गरेको छ । पछिल्लो ५ वर्षको कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा सर्वाधिक १ हजार २७० प्रतिशत लाभांश दिएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी जस्तो युनिलिभरलाई चुक्ता पुँजी बढाउने पर्ने दवाव नभएकाले उसले सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्दै आइरहेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्येमा लघुवित्त कम्पनीहरुले सेयरधनीहरुलाई राम्रो लाभांश वितरण गर्ने गरेका छन् ।

लघुवित्तहरुको चुक्ता पुँजी कम हुने भएकाले पनि नाफाबाट लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिरहेका छन् ।

यस्ता छन् १० ब्ल्यू चिप कम्पनीहरु

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स