काठमाडौं । २०८२ सालमा बैंकका कर्मचारीलाई दशैं तिहारसहित ४७ दिन विदा हुने भएको छ । दशैंको फूलपातीदेखि द्वादशीसम्म गरी ६ दिन र तिहारको लक्ष्मीपूजादेखि टिकाको भोलिपल्टसम्म ५ दिनसमेत गरी २०८२ सालमा ४७ दिन विदा हुने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
अन्य विदा सार्वजनिक विदा भएपनि मत्स्येन्द्रनाथको भोटो जात्रा, इस्लाम धर्मालम्बीको पर्व ईद, बकर, मोहम्मद जयन्तीलगायत ६ दिनको विदा भने सरकारको निर्णय अनुुसार हुनेछ। यस बाहेक प्रदेश तथा स्थानीय सरकारले पनि विदा दिन सक्ने व्यवस्था छ ।
२०८२ साल सुरुको दिन नयाँ वर्षको दिन विदा हुनेछ भने रामनवमीको विदा आगामी वर्षको अन्तिम विदा हुनेछ ।
राष्ट्र बैंकले विदाको सूचीसहति वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजे बैंक खुलेर बेलुका ५ बजेसम्म बैंक खुल्नेछ र सो मितिमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बैकिङ कारोबार हुनेछ भने कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न १.३० बजेसम्म बैंक खोल्ने र बिहान १० बजे देखि दिउँसो १२.३० मा बैंकिङ कारोबार बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।