राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा भक्तपुरको कमलविनायकमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर जिल्लाको कमलविनायकमा शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरुको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए । उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरुसंग सहकार्य गर्दै अगाडि पनि बढ्ने बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स