नेप्से परिसूचकमा १२.०५ अंकको वृद्धि

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ ।

आज नेप्से परिसूचक १२.०५ अंकले बढेर ३१२३.१५ अंकमा सीमित हुन पुगेको छ ।

यो दिन २ करोड ८८ लाखको कित्ता सेयर १५ अर्ब ५९ करोड रुपैयाँमा खरीद बिक्रि भएको छ । यो दिन १११ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर अवस्थामा रहेको छ ।

यो दिन उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखिएको छ ।

त्यसैगरी विकास बैंक, फाइनान्स उपसमूहमा पनि वृद्धि देखिएको छ ।

यो दिन माथिल्लो तामाकोसी, कालिका पावर कम्पनी, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, युनियन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स