२१.५१ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीको सेयर ५१ हजार १३८ पटक कारोबार भएको छ । ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज जलविद्युत र म्युचल फण्ड उपसमूह बढेका छन् भने बाँकी उपसमूह घटेका छन् ।

न्यादी हाइड्रो पावर र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइसीएफसी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स