सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही । सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा विवाद हुँदा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएको हो ।

विवादका कारण बलराको ८ र ९ नम्बर वडामा काँग्रेसको वडा अधिवेशन रोकिएको छ ।

उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेको प्रहरीले जनाएको छ । अहिले बलराको अवस्था सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स