एमाले बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुने

भरतपुर । बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि सुरु हुनेभएको छ ।

चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि सुरु हुने एमाले नेता गोकुल बाँस्कोटाले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेता बाँस्कोटाले सञ्चारकर्मीलाई सोबारे जानकारी दिँदै सहमतिको प्रयासको निरन्तरताका लागि पहल भइरहेको बताए । उनले अध्यक्षका आकांक्षी निवर्तमान उपाध्यक्ष डा भीम रावल एमालेकै नेता भएको र पार्टीमै रहेको स्पष्ट पारे ।

एमालेका निवर्तमान सचिव पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा नयाँ नेतृत्वका लागि ९० प्रतिशतसम्म सहमति भइसकेको र आजै महाधिवेशन सम्पन्न हुने जानकारी दिए । निर्वाचनको तयारी गरेको केन्द्रीय निर्वाचन आयोग भने सहमति हुने भएपछि मौन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स