हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको तिलोत्तमा

काठमाडौं । हिमालयन बैंकले लुम्बिनी प्रदेश रुपन्देही जिल्लामास्थित तिलोत्तमा नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंसिर १० गते शुक्रबारदेखि तिलोत्तमा नगरपालिकाको मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने जनाएको छ ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४६ र ५००० भन्दा बढी पिओएस टर्मिनल्स संख्या पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स