काठमाडौं । बुधबार छापावाला सुनको मुल्य ३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज भने ३ सय रूपैयाँले घटेर ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले बढेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।