लगातार घटेको सुनको मूल्यमा आज सामान्य वृद्वि

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९१ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १२ सय २५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स