आजबाट सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ, १० कित्ताको लागिमात्रै आवेदन दिनु बुद्धिमानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज, बुधबार (साउन २० गते) देखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशनमा ल्याएको हो ।

पछिल्लो समय आईपीओमा आवेदन दिनेको संख्या २१ लाखभन्दा बढी पुगिसकेको छ । आईपीओमा आम सर्वसाधारणको चाप बढी भएकोले धेरै कित्ता सेयरमा आवेदन दिनुभन्दा न्यूनतम सेयरमा आवेदन दिनु वुद्धिमानी हुन्छ अर्थात आम आवेदकले १० कित्ताका लागिमात्रै आवेदन दिँदा राम्रो हुन्छ ।

अन्य कम्पनीको जस्तै यसमा पनि मागभन्दा बढी आवेदन पर्ने निश्चित छ । मागभन्दा बढी आवेदन परे धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँड गर्नुपर्ने छ । गोलाप्रथाबाट ५ लाख ४० हजार जनाले मात्रै न्यूनतम १० कित्ता सेयर पाउनेछन् ।

सो सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्टाएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको आईपीओमा प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा सर्वसाधारणले छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेव तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स