सरकारले गर्यो एक्कै पटक ४९ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले एकै पटक ४९ जना सह–सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ४९ जना सह–सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवाका भौतिक पूर्वाधार विकास मन्त्रालय सुदूरपश्चिमका सह सचिव इन्द्रदेव भट्टराई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा गरिएको छ । इन्जिनियरिङ सेवा कै अर्का सह–सचिव राजेन्द्र प्रसाद भण्डारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूहका सह–सचिव भूपेन्द्र थापालाई सरकारले कर्णाली प्रदेशको लाकसेवा आयोगमा सरुवा गरेको छ । संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव नरेन्द्र कुमार रानालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुर्याइएको छ ।

संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूहका सह–सचिव रमेश अर्याललाई सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरेको छ भने संघीय माहिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का सह–सचिव देवराज जोशीलाई राष्ट्रिय महिला आयोग पुर्याइएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/MOFAGA_Notice_20211125045210.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स