काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स भने ०.४५ अंकले बढेर ५१५.६४ विन्दुमा पुगेको छ ।
बिहीबार २३३ कम्पनीको सेयर ४७ हजार ११३ पटक करोबार भएको छ । ७४ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह बढेका छन् । बाँकी उपसमूह भने घटेका छन् ।