कालिका लघुवित्तको लाभांश घोषणा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालन समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स