साढे २ अर्ब कमाएका विकास बैंकमा सबैभन्दा अब्बल गरिमा, राष्ट्रियस्तरकाले कति कमाए ?

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । विकास बैंकहरूले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा राष्ट्रियस्तरका ८ विकास बैंकहरुमध्ये ६ वटाको नाफा बढेको थियो । दुई वटा विकास बेंकको नाफा घटेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले कमाएको छ । बैंक धेरै नाफा कमाएर पहिलो नम्बरमा आएको छ ।

प्रतिशतका हिसाबले समीक्षा अवधिमा सबैभन्दा बढी नाफा ज्योति विकास बैंकले कमाएको छ । बैंकको खुद नाफा सर्वाधिक १४७.५७ प्रतिशत बढको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनासम्म १० करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गरिमाले ६ महिनामा ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशत बढी हो ।

बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास परेको छ । मुक्तिनाथ विकास यो अवधिमा बैंकले ५० करोड ३१ लाख कमाएको छ । मुक्तिनाथकोे नाफा १९.७९ प्रतिशतले बढेको हो ।

यस्तै शाइन रेसुङ्गा बैकले ३३ करोड, कामना सेवाले ३२ करोड, महालक्ष्मीले २८ करोड, ज्योतिले २५ करोड, सांग्रिलाले १९ करोड तथा लुम्बिनीले १४ करोड नाफा कमाएका छन् ।

प्रतिशतका हिसाबले कम नाफा बढाउने विकास बैंकमा महालक्ष्मी विकास बैंक हो । बैंकको ३.४० प्रतिशतले बढेको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा घट्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा सर्वाधिक ३०.४६ प्रतिशतले घटेको हो । शाइन रेसुङ्गाको पनि १०.८७ प्रतिशत नाफा घटेको छ । लुम्बिनीको नाफा २१ करोडबाट १४ करोडमा झरेको छ भने बैंकको ३७ करोडबाट ३३ करोडमा झरेको छ ।

प्रतिक्रिया

हेडलाइन्स