पुँजीगत खर्च ५.०४ प्रतिशत, विकास निर्माणका काम प्रभावकारी ढंगले अघि बढ्न सकेन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना समाप्त हुँदा पनि पुँजीगत खर्च कम देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयअनुसार मंसिर ८ गतेसम्म २१ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको छ । यो अवधिसम्म वियिनेजित पुँजीको ५.०४ प्रतिशत मात्र खर्च भएको छ ।

बजेट कार्यान्वयको सुरुवाती चरणमा कोभिड–१९ र म्यादथपका कारण पूर्वाधार निर्माण सम्बन्धी काम कम हुँदा पुँजीगत खर्चमा सरकार कमजोर देखिएको हो । गत वर्षको तुलनामा यो वर्ष पुँजीगत खर्च कम देखिएको छ । २०७७ कार्तिक ८ गतेसम्म पुँजीगत खर्च ८.४८ प्रतिशत थियो । गत आवमा ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन हुँदा २९ अर्ब ७१ लाख ७७ लाख रुपैयाँ खर्च भएको थियो ।

अर्थमन्त्री जर्नादन शर्माले भदौमा वर्षको अन्त्यतिर मात्र पुँजीगत खर्च बढ्ने गरेकाले विकास निर्माण सम्बन्धी आयोजनाहरु प्रभावकारी रुपमा अघि बढ्ने नसक्ने बताउँदै प्रत्येक महिना कम्तिमा १० प्रतिशत पुँजीगत खर्च गर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।

अर्थमन्त्रीले प्रत्येक महिना १०÷१० प्रतिशतका दरले पुँजीगत खर्च गरेर विकास निर्माणका काम प्रभावकारी हुने दावी गरेका थिए । उनले प्रत्येक महिना १० प्रतिशत दरले पुँजीगत खर्च गर्ने दावी गरेपनि हालसम्म कुल पुँजीगत खर्च ५ प्रतिशत पनि कट्न सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स