काठमाडौं । सोमबार, नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ३६ लाख ७७ हजार कित्ता सेयर ६ अर्ब ५७ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मानुषी लघुवित्तको ९.०५%, रिभर फल्स् पावरको ७.७०%, दोल्ती पावरको ७.४७%, मध्यभोटेकोशी जलविद्युतको ५.८४%, वाराही हाइड्रोपावरको ५.७७%, एनआईसी एसिया डिबेन्चरको ५.६८%, हिमालयन पावरको ५.६४%, नेपाल रि इन्स्योरेन्सको ४.८४%, ग्रीन लाइफ हाइड्रोपावरको ४.६७%, पञ्चकन्या माई हाइड्रोपावरको ४.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।