मुक्तिनाथ विकास बैंकको नाफा ५० करोड ३१ लाख

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ५० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १९.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

पुष मसान्तसम्म बैंकको सञ्चालन नाफा ७१ करोड ८५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको सञ्चालन नाफा ६१ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकको रिटेन्ड अर्निङमा ५४ करोड २८ लाख र रिजर्भमा ३ अर्ब ३५ करोड २९ लाख रुपैयाँ रहेको छ।

पुष मसान्तसम्म बैंकले ९५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ खर्ब १२ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५५.२८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स