काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक भएको छ । दोस्रो त्रैमासिक विवरण अनुसार केहि बैंकको नाफा वृद्धि भएको छ भने कहि बैंकको नाफामा गिरावट देखिएको हो ।
चालू आर्थिक वर्षको ६ महिना अवधीको वित्तिय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको पाइएको हो । गत आर्थिक वर्षको यहि अवधीमा २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार नाफा रहेको थियो । यस अनुसार गत आर्थिक वर्षको तुलनामा ४ दशमलव ६२ प्रतिशतले नाफा घटेको देखिएको हो । अर्थात् १ अर्ब ३२ करोड ८२ लाख ४६ हजार रुपैयाँ नाफा घटेको हो ।
कुन बैंकको कति ?
नबिल बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा वृद्धि भएको देखिएको छ । गत आर्थिक वर्ष ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेकोमा यो वर्ष ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ पुगेको हो ।
ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड नाफा आर्जन गरेकोमा यो वर्षको ६ महिनामा ३ अर्ब ५ करोड कमाएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड नाफा आर्जन गरेकोमा यो वर्ष २ अर्ब ८३ करोड नाफा पुर्याएको छ ।
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्षको दोस्रो त्रैमासमा २ अर्ब ७ करोड नाफा आर्जन गरेको हो ।
एनएमबी बैंकले चालू आर्थिक वर्ष २ अर्ब नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष १ अर्ब ३७ करोरुपैयाँ मात्रै थियो ।
प्राइम कमर्सियन बैंकको नाफामा भने गिरावट आएको छ । गत आर्थिक वर्षके ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ रहेकोमा यो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ मात्रै देखिएको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा समेत गिरावट देखिएको छ । गत आर्थिक वर्षको ६ महिना अवधीमा १ अर्ब ७२ करोड रुपैयाँ देखिएकोमा यो वर्षको ६ महिनामा १ अर्ब ६४ करोड रुपैयाँ कायम रहेको छ ।
हिमालन बैंकको नाफा थोरै वृद्धि देखिएको छ । गत आर्थिक वर्ष १ अर्ब ५० करोड रहेकोमा यो वर्ष १ अर्ब ५१ करोड पुगेको हो ।
प्रभु बैंकको नाफाको वृद्धि सबैभन्दा धेरै देखिएको छ । यस बैंकको गत आर्थिक वर्षको ६ महिनामा ७२ करोड रुपैयाँ मात्रै नाफा रहेको थियो। तर चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड नाफा आर्जन गरेकोमा यो वर्षको ६ महिना अवधीमा १ अर्ब १९ करोड नाफा आर्जन गरेको हो ।
लक्ष्मी सनराईज बैंकले गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष १ अर्ब १६ करोड रुपैयाँ पुर्याएको हो ।
कृषि विकास बैंकको नाफा गिरावट आएको छ । गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा अहिले ९५ करोड रुपैयाँ मात्रै रहेको छ ।
नेपाल एसबीआईले गत आर्थिक वर्षको ६ महिनामा ८४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष ९० करोड रुपैयाँ पुर्याएको छ ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ८० करोड ५३ लाख रुपैयाँ नाफा रहेकोमा यो वर्ष ८० करोड ७३ लाख पुर्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्षको तुलनामा निकै गिरावट भएको देखिएको छ । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १ करोड रुपैयाँ रहेकोमा अहिले ७४ करोड रुपैयाँ मात्रै पुगेको हो ।
सिटिजन्स बैंकले गत आर्थिक वर्षमा ७८ करोड रहेकोमा चालू आर्थिक वर्षको ६ महिनामा ६६ करोड रुपैयाँ मात्रै रहेको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष को ६ महिनामा ५३ करोडमा चित्त बुझाएको छ ।
नेपाल बैंकले गत आर्थिक वर्ष ५९ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष ४६ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको हो ।
कुमारी बैंकले गत आर्थिक वर्षमा ८६ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो वर्ष २७ करोड रुपैयाँ मात्रै नाफा कमाएको हो ।
सबै भन्दाकम नाफा एनआइसी एशिया बैंकको देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामा जम्मा १५ करोड रुपैयाँ मात्रै नाफा कमाएको देखिएको हो । गत आर्थिक वर्षको यहि अवधीमा १ अर्ब ९० करोड नाफा आर्जन गरेको थियो ।