शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यू मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मको लागि यी उपकरणहरु अत्यन्त उपयोगी छन् ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो जसको सहायताले तपाईंले बाहिरी पावर सप्लाई बिनै आफ्नो गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा, जहाँँ भए पनि पूर्ण आत्मविश्वासको साथ इनफ्लेट गर्न सक्नुहुनेछ । त्यस्तै गरि मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने, ‘शाओमीमा हामी अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताको लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त उत्कृष्ट प्रविधिको आविष्कारहरू ल्याउन केन्द्रित रहेका छौं । मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेशन युक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो जसले ९९.९७ % सम्म सुक्ष्म प्रदूषकहरूलाई हटाउने क्षमता राख्दछ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक कम्प्याक्ट पकेट–साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर हो जसलाई तपाईं जहाँ गए पनि आफ्नो साथमा लैजान र सुविधाजनक रुपमा प्रयोग गर्न सक्नुहुन्छ । मी एयर प्युरिफायर र मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको लन्चसँगै हाम्रो उद्देश्य भनेको इण्डस्ट्रि फर्स्ट क्लास लिडिङ्ग प्रोडक्ट्स नेपालमा ल्याउनु हो ।’

उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको सधैं गुणस्तरीय उत्पादनहरू मार्फत प्रयोगकर्ताहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हो र यसलाई हामीले हाम्रो पोर्टफोलियोमा प्रस्तुत गर्ने प्रयास गरेका छौँं । हाम्रा उत्पादनहरू सधैं अत्याधुनिक प्रविधिको साथ भरपर्दो र उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्दै उपभोक्ताहरूको आवश्यकताहरुलाई पूरा गर्न केन्द्रित रहेका छन् । ’

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर

पर्फर्मेन्स

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर गुणस्तरीय एबीएसबाट बनेको छ र यसमा करेन्ट/प्रिसेट टायरको चाप हेर्न मिल्ने एलईडी डिस्प्ले स्क्रिन र बिल्ट¬–इन २००० एमएएचको लिथियम ब्याट्री रहेको छ । यस उपकरणले ०–१५० पीएसआई सम्मको कुनै पनि टायर फुलाउन सक्छ जुन तपाईंको कार, मोटरबाइक, साइकल लगायत फुटबल÷बास्केटबल आदि जस्ता खेलकुद उपकरणहरूका लागि पनि उपयुक्त रहेको छ ।

यसमा तपाईंले पीएसआई, बार र केपीए नामक तीन फरक प्रिसेट प्रेसर युनिटहरू बीच स्विच पनि गर्न सक्नुहुनेछ । मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले कारको टायर पूर्ण रूपमा फुलाउन ६ मिनेट र साइकलको टायर पूर्ण रूपमा फुलाउन ३ मिनेट मात्र लिन्छ । यसले सिंगल चार्जमै ५ वटा कारको टायर अथवा ८ वटा साइकलका टायरहरू बाह्य पावर सप्लाईको आवश्यकता बिना पूर्ण वायरलेस अपरेशनको साथ फुलाउन सक्छ ।

बनावट

मि पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एउटा दमदार डिभाइस हो जसलाई खल्तीमा राख्न मिल्ने गरी चिटिक्क आकारमा बनाइएको छ । यसको सानो साइजले गर्दा यसलाई जतासुकै पनि बोकेर लान सकिन्छ । यो एउटा मल्टि–पर्पोस डिभाइस हो जसमा बिल्ट–इन एलइडि लाइट भएकोले गर्दा राति अथवा अँध्यारो समयमा पनि सजिलैसँग प्रयोग गर्न सकिन्छ । यसमा एउटा युनिभर्सल माइक्रो युएसबि पोर्ट छ । जसले गर्दा यसलाई सजिलै चार्ज गर्न सकिन्छ साथै पावर बैँकबाट पनि ३ घण्टाभन्दा कम समयमा यसलाई चार्ज गर्न सकिन्छ ।

सुरक्षा

यसमा ओभर–प्रेसर र ओभर–चार्ज प्रोटेक्सन भएको हुँदा प्रिसेट प्रेसरमा पुगिसके पछि स्वतः फुलिनबाट रोक्छ, त्यसैले यो डिभाइस प्रयोग गर्न सुरक्षित र सजिलो छ । यसले पर्याप्त रुपमा ताप पनि सोस्छ र साथै यसमा भएको शक एब्जर्बिङ प्याडले सिलिन्डरको भाईब्रेसनलाई नियन्त्रण गरि डिभाइस चलाउँदा कम्पन हुन दिँदैन ।

मि एयर प्युरिफायर-३

मि एयर प्युरिफायर-३ मा एउटा प्राइमरि फिल्टर, एउटा ट्रु एचइपीए फिल्टर र एउटा एक्टिभेटेड कार्बन फिल्टर गरी ३ तहको फिल्ट्रेसन छ जसले गर्दा यसलाई एयर प्युरिफायरको रेञ्जमा अलग्गै पहिचान दिएको छ । हावामा भएका पिएम १० भन्दा माथिका ठूला कणहरुलाई प्राइमरि फिल्टरले छान्छ भने ट्रु एचइपीए फिल्टरले पिएम २.५ सम्मका कणहरुलाई ९९.९७% सम्म फिल्टर गर्छ । त्यस्तै गरि एक्टिभेटेड कार्बन फिल्टरले हावालाई फर्मल्डिहाइड, अन्य विषालु पदार्थ र गन्धबाट शुद्ध बनाउँछ । ३६० डिग्री सिलिन्ड्रिकल डिजाइन भएकोले गर्दा यो प्युरिफायरले सबै दिशाबाट हावा तानेर फिल्टर गर्न सक्छ ।

मि एयर प्युरिफायरले एक घण्टामा ३८० घन मिटरसम्म शुद्द हावा फाल्न सक्छ । यसको मतलब यसले एक मिनेटमा ४८४ वर्ग फिटको क्षेत्रफलमा ६,३३३ लिटर शुद्द हावा प्रदान गर्छ । यो अत्यन्त आकर्षक मिनिमलिस्टिक डिजाइनमा बन्नुको साथै यसमा टच–स्क्रिन ओएलइडि डिस्प्ले पनि रहेको छ जसले हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स देखाउँछ । यसलाई मी होम एपसँग कनेक्ट गरेर हावाको रियल टाइम एयर क्वालिटी इन्डेक्स पनि मोनिटर गर्न सकिन्छ ।

मूल्य र उपलब्धता

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य ५ हजार ९९९ रुपैयाँ छ । यो स्ट्यान्डर्ड कालो रंगको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तैगरी मी एयर प्युरिफायर-३ को मुल्य २३ हजार ४९९ रुपैयाँ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स