काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक जीवन बीमा कम्पनीको करिब ७७ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
आइतबार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको १८.३८११ प्रतिशतले हुन आउने कुल ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।