सिटिजन्स बैंकको मोबाइल बैंकिङ मार्फत सीआरएन तथा डिम्याट नम्बर बिवरण हेर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ मार्फत सीआरएन तथा डिम्याट नम्बर बिवरण हेर्ने सुविधाको सुरुवात गरेको छ ।

बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्त्तरोन्नती गरे पश्चात यो सेवाको सुरुवात गरेको हो । यो सेवा सुरु भएसँगै प्राथमिक शेयर निश्कासनको समयमा आवश्यक सीआरएन नं याद गरिरहन पर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने विश्वास बैंकले जनाएको छ ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न इ भौचर प्रयोग गर्ने लगायतका सुबिधा समेत थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, खाताको बिवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यससँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोबाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स