काठमाडौं । पछिल्लो समय लघुवित्तमा सदस्य संख्या थपिदै गएको छ । लघुवित्त कम्पनीहरू जोखिममा पर्दै गएको बताइएपनि सदस्यहरू भने थपिएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले देखाएको छ । लघुवित्तमा यसरी सदस्य थपिनु भनेको यस क्षेत्रमा जोखिम कम हुँदै जानु पनि भएको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ ।
लघुवित्तमा सदस्य संख्या थपिदै जानुले गुमेको खास फेरि फर्किन लागेको हो कि भनेर अनुमान त गर्न सकिन्छ । लघुवित्तबाट ऋण लिएर समयावधि नाघेका ऋणी सदस्यको संख्या नै ८ लाख ७९ हजार ५१२ पुगको छ ।
मंसिर मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूमा कुल सदस्य संख्या ६० लाख ७६ हजार २६८ जना पुगेको छ । कार्तिक महिनासम्म ६० लाख ५५ हजार ४७३ जना सदस्य रहेका लघुवित्त वित्तीय संस्थाहरूमा मंसिर १ महिनामा १४ हजार ७९५ जना सदस्य थपिएका हुन् । त्यसो त लघुवित्तमा निस्कृय सदस्यको संख्या नै ५ लाख ५५ हजार १५८ पुगेको छ ।
मंसिरसमान्तसम्म नेपालमा सञ्चालित माइक्रोफाइनान्स कम्पनीहरूमा २६ लाख ८१ हजार ७४२ ऋणी पुगेका छन् । सो ऋणी सदस्यहरूले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ४ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ कर्जा लिएका छन् । सो कर्जामध्ये ६१ अर्ब ७१ करोड संस्थागत कर्जा हो भने ३ खर्ब ९६ अर्ब २१ करोड व्यक्तिगत रुपमा लघुवित्तका सदस्यहरूले लिएका ऋण हो ।
कुल ३६ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी भएका माइक्रोफाइनान्स कम्पनीहरूले आफै निक्षेप संकलन गर्न नपाउने व्यवस्थाका कारण २ खर्ब १९ अर्ब रुपैयाँ लोन लिएका छन् । उनीहरूले लिएको ऋणमध्ये २ अर्ब ४६ करोड राष्ट्र बैंबकबाट लिएको ऋण हो भने २ खर्ब १६ अर्ब ६२ करोड अन्य बैंक तथा वित्तीय संस्थाबाट दिएको ऋण हो ।
देशको कुना कन्दराका गाउँ गाउँमा वित्तीय चेतना फैलाउने अझ भनौ बैकिक कारोबार गर्न प्रोत्साहन गर्ने लघुवित्त कम्पनीहरूले २१ हजार ७४० जनालाई रोजगारी पाएका छन् । लघुवित्त कम्पनीहरूको देशभर छरिएर रहेका ५ हजार ५१ शाखाबाट आफ्ना सदस्यहरूmलाई सेवा प्रदान गरिहरको छ ।
हाल नेपालमा ५२ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् ।