अत्याधिक माग रहे पनि ११ बिडी उद्योग बन्द, भन्सार छलिबाट आएकोले धान्छ बजार

काठमाडौं । नेपालमा संचालनमा रहेका बिडी उद्योग बन्द अवस्थामा पुगेका छन् । बारा र रौतहटमा रहेका बिडि उद्योगहरु सरकारको नीतिकै कारण बन्द अवस्थामा पुगेका हुन् ।

यो क्षेत्रमा रहेका ११ बिडी उद्योग बन्द भएकै ५ वर्ष पुगेको हो ।
सरकारले बढाएको अन्तशुल्क तथा उद्योग नविकरण शुल्कको कारण उद्योगहरु बन्द अवस्थामा पुगेको उद्योगीहरुको गुनासो छ ।

बिडी उत्पादन साना उद्योगहरुले गर्ने गर्छन् । कच्चा वस्तु आयात गरेर नेपालमा ल्याए महिला श्रमिकबाट पातमा बेरेर तयार गरि उद्योगमा कलेक्सन हुन्छ । कलेक्सन गरी त्यसलाई प्याकेजिङ गरेर बजारमा पठाइन्थ्यो ।
नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको माग धेरै रहेको समेत छ ।

तर पनि उद्योग संचालन गर्न नसकको उद्योगी अश्विनीकुमार साह बताउँछन् ।

पहिले ९४ पैसा प्रति खिल्लीको अन्तशुल्क रहेको थियो । जसमा उद्योगीहरु कच्चापदार्थ भारतबाट ल्याइ नेपालमा उद्योग संचालन गर्दै सरकारलाई कर तिर्दै थिए । नेपाली उद्योगकै उत्पादनले नेपालको माग धानिरहेको पनि थियो ।
तर २०७५ सालमा सरकारले एक्कासी स्वास्थ्य जोखिम कर भनेर प्रतिबोलाको दरमा कर लगाइदियो । जस अनुसार अन्तशुल्क, भ्याट गरेर र समग्र कर गरेर प्रतिबोला १५ हजार रुपौया पर्न गयो ।

जसले उद्योग धान्न सक्ने अवस्थामै भएनन् ।
उद्योग संचालन गर्दा निकै घाटा गर्ने देखियो । त्यसपछि नेपालका अधिकांश उद्योगहरु बन्द अवस्थामा पुगे । त्यसबेलादेखि नेपालका सबैजसो बिडी उद्योगहरु बन्द अवस्थामा छन् ।

उद्योग बन्द हुनुमा नेपाल सरकारले उद्योगको नविकरण शुल्क समेत जोडिएको छ । अहिले उद्योग नविकरण गर्न वर्षिक २ लाख हाराहरीमा शुल्क तिर्नुपर्छ । बिडी उद्योग साना उद्योग हुने हुनाले यो रकम समेत तिर्न मुस्किल रहेको छ ।

बिडी उद्योग संचालक साह भन्छन्,‘नेपाली उत्पादन भन्दा भारतिय उत्पादन निकै सस्तो पर्न गयो । त्यसमा अर्को महत्वपूर्ण विषय भनेको नेपाल भारतको सिमा पनि हो, सिमाक्षेत्रबाट बिडी धेरै आइरहेको छ ।’

उनका अनुसार कर्णाली र सुदुरपश्चिमको बिडी माग धान्न अहिले भन्सार छलेर धेरै भित्रिरहेको छ । जुन व्यपारीको हातमा पुग्दा निकै सस्तो समेत पर्न जान्छ ।

नेपाल सरकारले राजस्व बढाउन भनेर करको दर बढाए पनि अहिले बिडीबाट सरकारले कत्ति पनि कर पाइरहेको छैन । नेपालमा खपत त भैरहेको छ । तर भन्सार बाहिरबाट आएको बिडीबाट सरकारले कर नै गुमाउन परेको छ । नेपालको माग भन्सार छलिबाटै हुने गरेको घटनाको पुष्टि त पुस १७ गते प्रहरीले भन्सार छलिबाट ल्याएको बिडी समान्तुले पनि गरेको छ ।

पुस १७ गते बैतडी प्रहरीले दुई ठाँउबाट १६ लाख बढी भन्सार छलिको बिडी बरामद गरेको छ। प्रहरीले दोगडकेदार गाउपालिका–४ र सुर्नया गाउपालिका ६ बाट भन्सार छलीको बिडी बरामद गरेको हो । दुईवटै ठाउँबाट गरेर  १६ लाख ३२ हजार मूल्य बराबरको अवैध बिडी रहेको प्रहरीले जनाएको छ ।

धनगढी ,महेन्द्रनगर, लम्की जस्ता स्थानबाट भन्सार छलिमै बिडीहरु आइरहेको स्थानिय व्यपारीहरु समेत बताउने गर्दछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स