बोलाउँदा नि सकस भए अब बोलाउँदिन
तिम्लाई आफ्नो भनी फेरि म नि टोलाउँदिन।।
नबुझेरै आफ्नो ठानें यही मेरो गल्ती भयो
आज आई बल्ल चिनें आफैसँग मन रोयो।
आउँदा तिम्लाई चित्त दुखे भो अब आउँदिन
अन्जानमै लाइयो माया भो फेरि लाउँदिन।।
बोलाउँदा नि सकस भए…………
तिम्रै भलो होस् भनी अनेक कुरा भोगे मैले
भगवान हौ माया भनी पाउको माटो ढोगें मैले।
छाउँदा तिम्लाई भार भए भो दिलमा छाउँदिन
धेरै गाइयो तिम्रा गुण गान अब म गाउँदिन।।
बोलाउँदा नि सकस भए…………