काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको आईपीओ भोलि माघ ६ गते बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको आईपीओमा १९ लाख ६ हजार ७४८ जना आवेदकले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको सेयरको १३.६५ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले सेयर गोलाप्रर्थाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १७ लाख २२ हजार बढीको हात रित्तो हुनेछ ।
कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।