काठमाडौं । आज शनिबार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलरसहित कुवेती र बहराइन दिनार, पाउन्ड, युरोको पनि भाउ बढेको हो ।
यी मुद्राको भाउ हिजो पनि बढेको थियो । आज अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा थियो।
गएको बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो।
आज युरो एकको खरिदर एक सय ४२ रुपैया ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा थियो।
पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ७५ र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ८३ र बिक्रीदर ८६ रुपैयाँ २० पैसा थियो।
कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा थियो।